1. पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्रादेशिक नीति, ऐन, नियम, कार्यविधि, मापदण्ड, कार्ययोजना र कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा नियमन गर्ने ।

  2. पशुपन्छी तथा मत्स्यन्य उत्पादन, उपभोग, बेचबिखन र वासलात लगायतका प्रदेशिक तथ्याङ्क संकलन, विष्लेशण र प्रकाशनका अतिरिक्त खाद्य सुरक्षा अवस्थाकोअध्ययन, विश्लेषण र अनुगमन गरि प्रदेश सरकारलाइ पृष्ठपोषण गर्ने ।

  3. दूध, माछामासुर अण्डाको उत्पादन र उत्पादकत्व अभिबृद्धि गरि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने प्रादेशिक लक्ष हासिल गर्नमा टेवा पुर्याउने ।

  4. पशुपन्छी तथा मत्स्यजन्य जैविक विविधताको पहिचान, अभिलेखिकरण, संरक्षण, उपयोग,विकास र प्रवर्द्धन गर्ने/ गराउने।

  5. भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्रहरुको प्रभावकारी संचालनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन, निरिक्षण, प्राविधिक पृष्ठपोषण तथा नियमन गर्ने ।

  6. प्रदेश अन्तर्गत संचालन हुने संघीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, आयोजना र कृयाकलाप कार्यान्वयनमा समन्वयर सहकार्य गर्ने ।

  7. प्रदेशस्तरका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालहरु बिच आवस्यक समन्वय र सहकार्य गर्ने

  8. प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्यजन्य माहामारी वा प्राकृतिक प्रकोपको अवस्थामा क्षति न्यूनिकरण, रोकथाम, राहत र पूनर्स्थापनाका कार्यहरु गर्ने ।

  9. पशुपन्छी तथा मत्स्यजन्य उत्पादन, संकलन, ढुवानी, भण्डारण, प्रशोधन र बजारिकरणका लागि आवस्यक पूर्वाधारहरुको स्थापना/ सुधार/ विकासका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने।

  10. सूचना प्रबिधिको उच्चतम उपयोग गरि सचेतनामूलक सूचना प्रवाह, जनचेतना अभिबृद्धि एवं सुशासन प्रवर्द्धन गर्ने

  11. पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्राबिधिक परामर्श, पृष्ठपोषण र सेवाटेवा प्रदान गर्ने ।

  12. कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्वद्ध निकायहरुवीच कार्यमुलक सम्वन्ध, समन्वय र सहकार्य गर्ने

  13. नेपाल सरकारको विद्यमान पशुपन्छि तथा मत्स्य सम्बन्धि ऐन, कानून, निति तथा नियमले श्रृजना गरेका कानुनि दायित्व निर्वाहमा सहयोग गर्ने ।

  14. तालुक मन्त्रालयको निर्देशन मुताविकका अन्य कार्यहरु गर्ने/ गराउने ।